जिल्ला अस्पताल निरीक्षणमा स्वास्थ्य मन्त्री

 स्वास्थ्य तथा जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहताले यहाँस्थित जिल्ला अस्पतालको निरीक्षण गरेर सेवा प्रवाहबारे जानकारी लिनुभएको छ । 

त्यस अवसरमा उहाँले सबैलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताउनुभयो । साथै मन्त्री मेहताले सेवा भावनाका साथ बिरामीको उपचार गर्न चिकित्सक एवं स्वास्थ्यकर्मीहरूलाई आग्रह गर्नुभयो । उहाँले सेवाग्राहीसँग पनि कुराकानी गर्नुभएको थियो । 

आजै मन्त्री मेहताले इटहरीस्थित सामुदायिक स्वास्थ्य संस्था तथा धरानमा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निरीक्षण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार