नेकपा कार्यसंयोजन समितिको बैठक चौथो दिन पनि नसकिने

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठक चौथो दिन सुरु भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबारदेखि संयोजक पुष्पकमल दाहाल प्रचण्डले पेस गरेका चुनावी समीक्षा प्रतिवेदनमाथि नेताहरूले धारणा राख्ने क्रम जारी छ । 

चुनावी हारको समीक्षा, पार्टी पुनर्गठन र रूपान्तरण तथा आगामी कार्यभार सम्बन्धमा छलफल भइरहेको नेता गङ्गानारायण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार बैठकको निर्णय शुक्रबारसम्म आउन सक्नेछ । 

अहिलेसम्म १९ जना सदस्यले प्रचण्डले पेस गरेको प्रतिवेदनमाथि धारणा राखेका छन् । द्रुत गतिमा भइरहेको प्रविधिको विकास, नय युवाहरूको आवश्यकता, विश्वको भू–राजनीतिले नेपालमा पार्न सक्ने प्रभावमा केन्द्रित रहेर नेताहरूले धारणा राखेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार