काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा आज (चैत २५) वाग्मती र कोसी प्रदेश प्रतिस्पर्धा गर्दै छन् ।
खेलमा वाग्मती तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको सातौँ स्थानमा रहेको वाग्मतीले ६ खेल खेल्दा दुई जित र चार हारसहित चार अंक जोडेको छ ।
कोसी भने जितको खाता खोल्ने लक्ष्यमा हुनेछ । तालिकाको पुछारमा रहेको कोसीले ६ खेल खेल्दा एक अंक मात्र जोडेको छ । कोसीले ६ खेल खेल्दा पाँच हार व्यहोरेको छ । टोलीको एक खेल भने रद्द भएको थियो ।
यी दुईबीचको खेल जनकपुरको रामजानकी बहुदेश्यीय रंगशालामा बिहान ९:३० बजे हुनेछ ।
आजै हुने दोस्रो खेलमा मधेस प्रदेशविरुद्ध गण्डकी प्रदेशले चुनौती पेस गर्दै छ ।
खेलमा गण्डकी तेस्रो जितको खोजीमा हुनेछ । तालिकाको छैटौँ स्थानमा रहेको गण्डकीले पाँच अंक जोडेको छ । गण्डकीले ६ खेल खेल्दा दुई जित र तीन हार व्यहोरेको छ । र, टोलीको एक खेल रद्द भएको थियो ।
मधेस भने चौथो जितको खोजीमा हुनेछ । तालिकाको पाँचौँ स्थानमा रहेको मधेसले सात अंक जोडेको छ । मधेसले पाँच खेल खेल्दा तीन जित र एक हार आत्ममसाथ गरेको छ । मधेसको एक खेल भने रद्द भएको थियो ।
यी दुईबीचको खेल वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा बिहान ९:३० बजे हुनेछ ।




प्रतिक्रिया दिनुहोस्