रियालविरुद्धको पहिलो लेगमा बार्यनको साँघुरो जित

काठमाडौं । जर्मन क्लब बार्यन म्युनिकले च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियाल मड्रिडविरुद्धको पहिलो लेगमा २–१ को साँघुरो जित निकालेको छ ।

योसँगै बार्यनले रियालविरुद्ध २–१ को अग्रता बनाउँदै च्याम्पियन्स लिगको सेमिफाइनल छनोट सम्भावना बलियो बनाएको छ । 

मंगलबार बार्यनलाई रियालको घरेलु मैदान स्टाडियो सान्टियागो बर्नबेउमा जित दिलाउन लुइज डियाज र ह्यारी केनले समान एक गोल गरे । रियालका किलियन एम्बाप्पेले गोल गरे पनि टोलीको हार टार्न सकेनन् । बार्यनले पहिलो र दोस्रो हाफमा समान एक गोल गरेको थियो ।

खेलको ४१औँ मिनेटमा डियाजले बार्यनलाई अग्रता दिलाए । ४६औँ मिनेटमा केनले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । 

७४औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै रियाललाई १–२ को स्थितिमा फर्काए । तर, उनको यो गोल टोलीको निम्ति खेलमा फर्कन पर्याप्त थिएन । 

यी दुईबीचको दोस्रो लेग आगामी अप्रिल १६ मा हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार