धनगढीः कञ्चनपुरको बेलौरी क्षेत्रमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध तोरी नियन्त्रणमा लिएको छ।
मङ्गलबार दिउँसो बेलौरी नगरपालिका–१ फटियामा सिमा सुरक्षा गुल्म बेलौरीबाट खटिएको सशस्त्र प्रहरी टोलीले करिब ४० क्विन्टल तोरी बरामद गरेको हो। सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतको नेतृत्वमा गएको टोलीले उक्त तोरी सीमा क्षेत्रमा बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार अवैध रूपमा नेपाल भित्र्याइएको अनुमान गरिएको उक्त तोरीको मूल्य करिब ६ लाख रुपैयाँ बराबर रहेको छ। बरामद गरिएको तोरीलाई आवश्यक प्रक्रिया पूरा गर्न कैलाली भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्