बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अवलोकनमा गृहमन्त्री

२४ चैत, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले बीपी राजमार्ग अन्तर्गत रोशी खोलाको स्थलगत निरीक्षण गरेका छन् ।

उनी मंगलबार दिउँसो बाढीका कारण स्थानीयले भोग्दै आएको समस्याबारे प्रत्यक्ष अवलोकनका लागि पुगेका हुन् ।

वर्षायाममा हरेक वर्ष बाढी आउने हुँदा बीपी राजमार्गको रोशी खोला आसपासमा विभिन्न क्षेत्रमा समस्या बढ्दै गएको गुनासो आउने गरेको थियो । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको संगमस्थलमा पर्ने चौकीडाँडा पुगेर मंगलबार गृहमन्त्री गुरुङले अवलोकन गरेका हुन् ।

निरीक्षणका क्रममा गृहमन्त्री गुरुङले बाढीबाट प्रभावित क्षेत्रहरूको अवस्था बुझ्नुका साथै उच्च जोखिममा रहेका बस्ती तथा पूर्वाधारको वास्तविक स्थिति अध्ययन गरे ।

सो क्रममा उनलाई नमोबुद्ध नगरपालिका प्रमुख कुनसाङ लामा, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइवा लगायतले स्वागत गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार