अब शुक्रबार सेयर बजार खुल्ने, शनिबार र आइतबार बन्द

काठमाडौं : अबदेखि शुक्रबार सेयर बजार खुल्ने भएको छ। आइतबार बसेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको हो।

सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्सेले शुक्रबार बजार खुला गरी शनिबार र आइतबार बन्द गर्ने निर्णय गरेको हो।

यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो। सरकारले पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापन गर्न आइतबार सबै सरकारी कार्यालयहरू र शैक्षिक संस्थाहरूमा बिदा दिने निर्णय गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार