गृह मन्त्रालयको कार्यसम्पादन मूल्याङ्कन : मनाङ उत्कृष्ट, काठमाडौँ सबैभन्दा कमजोर

काठमाडौँ । गृह मन्त्रालयले गरेको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा मनाङ जिल्ला उत्कृष्ट देखिएको छ । गत कात्तिक, मंसिर र पुसको दोस्रो त्रैमासिक कार्यसम्पादन मूल्याङ्कनमा २०.२५ पूर्णाङ्कमा ७७ जिल्लामध्ये सबैभन्दा धेरै अङ्क १९.५ ल्याएको हो । मनाङमा प्रमुख जिल्ला अधिकारी उपसचिव नवराज पौड्याल छन् ।

मूल्याङ्कनमा सबैभन्दा कमजोर काठमाडौँ जिल्ला प्रशासन कार्यालय देखिएको छ । काठमाडौँले त्यही पूर्णाङ्कमा सबैभन्दा कम ३ अङ्क मात्रै ल्याउन सकेको छ । काठमाडौँमा प्रमुख जिल्ला अधिकारीका रूपमा सहसचिव ईश्वरराज पौड्याल कार्यरत छन् ।

कार्यसम्पादन मूल्याङ्कनमा १९.३७५ अंकसहित नुवाकोट दोस्रो, १९.२५ अंकसहित डोटी तेस्रो र १९.२५ अङ्क नै ल्याएको पर्वत चौथो उत्कृष्ट देखिएका छन् ।

मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाले त्रैमासिक रूपमा कार्यसम्पादन मूल्याङ्कन गर्ने गर्छ । महाशाखा प्रमुख सुरेश पन्थीले आफूहरूले कार्यसम्पादन मूल्याङ्कनका लागि विभिन्न ‘इन्डिकेटर’हरू बनाएको र त्यसैका आधारमा जिल्ला प्रशासन कार्यालयले गर्ने कामहरूको नम्बर दिएर अङ्क प्रदान गरिने बताए ।

यस्तो छ ७७ जिल्लाले दोस्रो त्रैमासिकमा कार्यसम्पादन मूल्याङ्कनमा पाएको नम्बर:

1
2
3

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार