काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा संख्याका हिसाबले विभेद रोकिनुपर्ने बताएका छन् ।
जनताका मुद्दा साना र ठूला दुबैसँग हुने भन्दै उनले सदनमा विभेद रोकिनुपर्ने बताएका हुन् । ”जनताका मुद्दा सानासँग पनि हुन्छ । ठूलासँग पनि हुन्छ,” उनले भने,”ठूला साना नभनिकन सदन चलाउनुपर्छ ।”
सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताए । यस विषयमा आफ्नो दल परामर्शमा रहेको उनले बताए । ”हामी अहिले परामर्शमै छौँ । हाम्रो दाबी रहनेछ,” उनले भने ।




प्रतिक्रिया दिनुहोस्