संख्याका हिसाबले सदनमा विभेद अन्त्य हुनुपर्छ : हर्क साम्पाङ


काठमाडौं।श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सदनमा संख्याका हिसाबले विभेद रोकिनुपर्ने बताएका छन् । 

जनताका मुद्दा साना र ठूला दुबैसँग हुने भन्दै उनले सदनमा विभेद रोकिनुपर्ने बताएका हुन् ।  ”जनताका मुद्दा सानासँग पनि हुन्छ । ठूलासँग पनि हुन्छ,” उनले भने,”ठूला साना नभनिकन सदन चलाउनुपर्छ ।”

सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपसभामुखमा आफ्नो पार्टीको दाबी रहने बताए । यस विषयमा आफ्नो दल परामर्शमा रहेको उनले बताए । ”हामी अहिले परामर्शमै छौँ । हाम्रो दाबी रहनेछ,” उनले भने । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार