अर्थमन्त्री डा. वाग्लेले एक सातामा के-के काम गरे ?

काठमाडौं । अर्थ मन्त्रालयको कार्यभार सम्हालेको पहिलो हप्तामा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नीतिगत निर्णय, प्रशासनिक सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई तीव्रता दिएका छन् । 

चैत्र १३ गते पदभार ग्रहण गरेका अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि स्पष्ट मार्गचित्र अगाडि सारेका छन् । 

महत्त्वपूर्ण नीतिगत निर्णय र सुधारका पहल अर्थमन्त्री वाग्लेले पदबहालीलगत्तै तीनवटा महत्त्वपूर्ण निर्णय गरेका थिए । जसमा चैत्र १२, २०८२ सम्मको ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचनका वाचा कार्यान्वयनका लागि १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने उल्लेख छ ।

यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिसबमोजिम राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने निर्णय गरेका छन् । निजी उद्यम–व्यवसाय सुरक्षा एवं ठूला आयोजना सहजीकरणका लागि कानुनी सुधारको प्राथमिकता तय गर्ने निर्णय पनि भएको छ । 

प्रशासनिक सुधार र मेरिटोक्रेसी मन्त्रालयको कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्री वाग्लेले ३० जना उपसचिवहरूको मेरिट (योग्यता)का आधारमा पदस्थापन गरे । उनले मन्त्रालयअन्तर्गतका बजेट, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध, राजस्व व्यवस्थापन, वित्तीय संघीयता समन्वयलगायत ६ वटा महाशाखा, दुई विभाग र अन्य महत्त्वपूर्ण कार्यालयहरूको ब्रिफिङ लिएका छन् ।

राजस्व संकलन र चुहावट नियन्त्रणका लागि सुरक्षा निकाय र राजस्व प्रशासनलाई प्रभावकारी कदम चाल्न निर्देशन दिएका छन् । मन्त्री वाग्लेले सेवाग्राहीलाई दुःख र हैरानी नदिई लक्ष्यभन्दा बढी राजस्व संकलन गर्न आग्रह गरेका छन् । 

निजी क्षेत्रसँगको सहकार्य र बजेट तयारी नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीसँगको छलफलमा उनले सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीतिसहित अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

उनले उद्योगीहरूलाई निश्चिन्त भएर लगानी बढाउन र देशमा रोजगारी सृजना गर्न आह्वान गरेका छन् ।

यसैबीच, आर्थिक वर्ष ०८३/८४ को बजेट लेखनका लागि सहसचिव उत्तर खत्रीको संयोजकत्वमा समिति गठन गरी बजेटको तयारीसमेत सुरु गरिएको छ ।  आगामी बजेटका लागि सुझाव संकलन गर्न र भन्सार कार्यालयहरूको निरीक्षण गर्न मन्त्री वाग्ले वीरगन्ज पुगेर त्यहाँका उद्योगी व्यवसायीहरूसँग अन्तर्क्रिया गरेका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार