अनुमतिविना वैदेशिक रोजगारी सम्बन्धी गतिविधि नगर्न विभागको चेतावनी

२२ चैत, काठमाडौं । वैदेशिक रोजगार विभागले इजाजतपत्र नलिएका व्यक्ति तथा संस्थालाई वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि काम नगर्न चेतावनी दिएको छ ।

विभागका अनुसार वैदेशिक रोजगार ऐन २०६४ ले अनुमतिविना वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न वा कामदार पठाउनेसँग सम्बन्धित गतिविधि (विज्ञापन, अन्तर्वार्ता लिन, रकम संकलन गर्न) पूर्णरूपमा निषेध गरेको छ ।

हाल विभिन्न माध्यम प्रयोग गरेर वैदेशिक रोजगारीमा जाने नेपालीलाई झुक्याइ ठगी गर्ने घटना बढिरहेका बेला विभागले यस्तो चेतावनी दिएको हो ।

विशेषगरी शैक्षिक परामर्श सेवा दिने कन्सल्टेन्सी, ट्राभल एजेन्सी तथा अनलाइन प्ल्याटफर्म मार्फत विदेश पठाइदिने भन्दै रकम असुल गर्ने र अन्तर्वार्ता लिने प्रवृत्ति बढेको विभागले जनाएको छ ।

ऐनको दफा १० अनुसार इजाजतपत्रविना वैदेशिक रोजगारी सम्बन्धी कुनै पनि कार्य गर्न नपाइने स्पष्ट व्यवस्था छ । त्यस विपरीत कसैले रोजगारी प्रलोभन देखाइ राहदानी संकलन गर्ने, भिजिट भिसामा विदेश पठाउने आश्वासन दिने वा ठूलो रकम असुल गर्नेजस्ता गतिविधि गैरकानुनी हुने विभागले स्पष्ट पारेको छ । यस्ता कार्यमा संलग्नलाई कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।

विभागले सर्वसाधारणलाई पनि सतर्क रहन आग्रह गर्दै इजाजतपत्र नलिएका संस्था वा व्यक्तिलाई वैदेशिक रोजगारीका नाममा रकम वा राहदानी नदिन अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउँदा सम्बन्धित म्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति लिएको/नलिएको, इजाजतपत्र कायम रहेको/नरहेको तथा कम्पनीका सञ्चालक वा कर्मचारीको विवरण विभागको वेबसाइट मार्फत अनिवार्य रूपमा जाँच गर्न अनुरोध गरेको छ ।

कसैले वैदेशिक रोजगार सम्बन्धी कानुन विपरीत गतिविधि गरेको जानकारी पाए वा आफू ठगीमा परेमा प्रमाण सहित विभागमा उजुरी दिनसमेत विभागले अनुरोध गरेको छ ।प्रत्यक्ष सिटसमानुपातिक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार