काठमाडौं । प्रतिनिधिसभा नवनिर्वाचित सभामुख डीपी अर्यालले सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका छन् ।
आइतबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख अर्यालले संविधान र कानूनको पालना गर्दै सदनको मर्यादा कायम हुनेगरी भूमिका निर्वाह गर्ने बताएका हुन् । उनले आफ्नो भूमिका निष्पक्ष हुने समेत बताए ।
उनले संविधान, कानुन र जनताको लागि आवश्यक व्यवहारलाई समन्वय गरेर अघि बढ्ने समेत उल्लेख गरे ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको थियो ।




प्रतिक्रिया दिनुहोस्