काठमाडौं । राष्ट्रियसभामा सांसदहरूले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् ।
राष्ट्रियसभाको शून्य समयमा बोल्दै सांसदहरूले पश्चिम एसियामा युद्धका कारण नेपालमा महँगी बढ्दै गएकाले नियन्त्रणतर्फ ध्यान दिन सरकारसँग माग गरेका हुन् ।
सांसद उदयबहादुर बोहोराले पश्चिम एसियाली देशमा अलपत्र परेका नेपालीलाई उद्धार गर्न सरकारसँग आग्रह गरे ।
सांसदहरू जयन्तीदेवी राई, मोहम्मद खालिद, राजेन्द्रलक्ष्मी गैरे र सोनामगेल्जेन शेर्पाले पश्चिम एसियामा जारी द्वन्द्व तथा त्यसबाट नेपालसहित विश्वभर परेको प्रभाव एवं समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।
सांसद भुवनबहादुर सुनारले सुर्खेतकी इनिशा विक प्रकरणको निष्पक्ष छानबिन गर्न माग गरे । -रासस




प्रतिक्रिया दिनुहोस्