रविले भने– डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद

२२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले भने ।

रविको प्रस्तावमा डा. स्वर्णिम वाग्लेले समर्थन जनाएका छन् ।

शुक्रबार मनोनयन दर्ताको दिन अर्यालको एकल उम्मेदवारी परेकाले उनी सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । आजको प्रतिनिधि सभा बैठकले उनी निर्वाचित भएको औपचारिक घोषणा गर्ने छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार