आइपिएलमा आज पनि दुई खेल हुँदै

काठमाडौं । जारी आइपिएल अन्तर्गत आज पनि दुई खेल हुँदैछन् ।

आज पहिलो खेल सनराइजर्स हैदरावाद र लखनउ सुपर जाइन्टबीच खेल हुँदैछ ।

हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि शुरु हुँदैछ ।

सनराइजर्स हैदरावादले २ खेलमा एक जित र एक हार बेहोरेको छ । सनराइजर्सले पहिलो खेल रोयल च्यालेन्जर्स बैंगलुरुसँग हार बेहोरेको थियो भने दोस्रो खेलमा सनराइजर्सले कोलकोतालाई पराजित गरेको थियो ।

त्यस्तै लखनउले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा लखनउ दिल्ली क्यापिटल्ससँग पराजित भएको थियो ।

त्यस्तै आज दोस्रो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु र चेन्नई सुपर किन्सबीच खेल हुदैछ । बैंगलुरुमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुँदैछ ।

रोयल च्यालेन्जर्स बैंगलुरुले यस सिजनको पहिलो खेल जितेको छ । बैंगलुरुले पहिलो खेलमा सनराइजर्सलाई पराजित गरेको थियो ।

त्यस्तै चेन्नईले भने यस सिजनका शुरुका आफ्ना दुवै खेलमा हार बेहोरेको छ र पहिलो जितको खोजीमा रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार