युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न भन्दै पुष्पगुच्छा उपहार

काठमाडौं । नेकपा (एमाले)का युवा र विद्यार्थीले युवापुस्तामा नेतृत्व हस्तान्तरण गर्न पार्टीका नेताहरूमाथि दबाब दिन थालेका छन् । शुक्रबार (चैत २०) एमाले सचिवालय बैठकमा सहभागी हुन च्यासल पुगेका पार्टीका नेताहरूलाई उनीहरूले पुष्पगुच्छा उपहारसहित यस्तो दबाब दिएका हुन् ।

उनीहरूले सांसद सुहाङ नेम्वाङलाई पार्टी संसदीय दलको नेता बनाउनुपर्ने बताउँदै आएका थिए । उनीहरूको अपेक्षाअनुसार परिणाम नआएपछि नेतृत्वको आलोचना गर्न थालेका हुन् ।

विशेष गरी अनेरास्ववियुमा आबद्ध विद्यार्थी नेताले नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण अब पनि नगरिए एमालेमा देखिएको संकट झनै गहिरिँदै जाने बताएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार