काठमाडौँमा सम्पन्न नेपाल निर्माण व्यवसायी महासंघको १३औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिमका लक्ष्मण साउँद खुला केन्द्रीय सदस्य पदमा विजयी भएका छन्। बिहीबारको निर्वाचनमा उनले लोकप्रिय मतका साथ आफ्नो जीत पक्का गरे।
साउँद हाल सुदूरपश्चिम प्रदेशका उपाध्यक्षसमेत हुन् र निर्माण क्षेत्रमा लामो समयदेखि सक्रिय युवा व्यवसायीका रूपमा परिचित छन्।
त्यसैगरी, उनको प्यानलबाट अध्यक्ष पदमा निकोलस पाण्डे पनि निर्वाचित भएका छन्।




प्रतिक्रिया दिनुहोस्