काठमाडौँ:नेपाल प्रहरीले प्राविधिक जनशक्ति भर्नाका लागि आवेदन खुला गरेको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभागअन्तर्गतको भर्ना छनोट शाखाले सूचना जारी गर्दै विभिन्न प्राविधिक उपसमूहका पदहरू समावेशी प्रतियोगितामार्फत भर्ना गरिने जनाएको छ।
सूचनाअनुसार, सूचना प्रविधि निर्देशनालय, सञ्चार निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय, सवारी महाशाखा, केन्द्रीय विधि विज्ञान प्रयोगशाला र प्रहरी अस्पताललगायतका निकायका लागि कुल ६०७ नयाँ कर्मचारी नियुक्ति गरिनेछ।
प्राविधिक प्रहरी नायव उपरीक्षक, प्रहरी निरीक्षक, प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि आवेदन चैत २५ गतेदेखि वैशाख २४ गतेसम्म खुला रहनेछ।
त्यसैगरी, प्राविधिक प्रहरी जवान पदमा आवेदन दिन चाहनेहरू चैत २६ गतेदेखि वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन्।




प्रतिक्रिया दिनुहोस्