प्रधानमन्त्रीमा नियुक्त भएपछि बालेन शाह सरकार सञ्चालनलाई तीव्रता दिन सक्रिय देखिएका छन् । उनी अहिले सिंहदरबारमा मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् । अहिले सरकारको प्राथमिकता, कार्यशैली र आगामी रणनीतिबारे विस्तृत विमर्श भइरहेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार जारी छलफलमा मन्त्रालयगत कार्ययोजना, सेवा प्रवाहको प्रभावकारिता र समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा केन्द्रित संवाद भइरहेको छ। नयाँ सरकारको सुरुवाती चरणमै समन्वय र स्पष्ट दिशानिर्देशन दिन प्रधानमन्त्री शाहले मन्त्रीहरूसँग नियमित संवादलाई प्राथमिकता दिइरहेका छन् ।
गत शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बोलाएर चार वटा प्रारम्भिक निर्णय गरेका थिए । ती निर्णयमार्फत सरकारको काम गर्ने शैली, जनमुखी प्राथमिकता र प्रशासनिक चुस्ततामा जोड दिइरहेका हुन् ।
सरकारले १०० कार्यसूची सार्वजनिक गरिसकेको छ । सोही अनुसार सरकारले कामलाई पनि तीव्रता दिइरहेको हो ।




प्रतिक्रिया दिनुहोस्