धनगढी: नेपाल निर्माण व्यवसायी महासंघको उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश भूगोल) मा कैलाली धनगढीका व्यवसायी प्रकाश सेठी विजयी भएका छन्।
बिहीबार सम्पन्न निर्वाचनमा सेठीले ४७ मत प्राप्त गर्दै जित निकालेका हुन्। उनका प्रतिद्वन्द्वीले ३६ मत मात्रै प्राप्त गरे।
सुदूरपश्चिम प्रदेश भूगोलतर्फको उक्त निर्वाचनमा सोही प्रदेशबाट प्रतिनिधित्व गर्ने निर्माण व्यवसायीहरूले मात्र मतदान गरेका थिए। यस क्षेत्रमा कुल ८३ जना मतदाता रहेका थिए।
उपाध्यक्षमा निर्वाचित भएपछि सेठीले निर्माण व्यवसायीहरूको हकहितका लागि दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्माण क्षेत्रमा सेठीको छुट्टै पहिचान रहेको छ। उनले १५ भन्दा बढी आयोजनाहरू निर्धारित समयभन्दा अगावै सम्पन्न गरी पुरस्कृत समेत भइसकेका छन्।




प्रतिक्रिया दिनुहोस्