धनगढीमा सेवाग्राहीलाई झन्झट दिने बिचौलियाविरुद्ध प्रहरीले कडाइ थालेको छ। धनगढी का विभिन्न सरकारी कार्यालय परिसरबाट १२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बिहीबार धनगढी उपमहानगरपालिका–५ स्थित यातायात कार्यालयबाट ६ जना र मालपोत कार्यालयबाट थप ६ जना पक्राउ परेका हुन्। वडा प्रहरी कार्यालयको टोलीले प्रहरी निरीक्षक बलराम पाण्डेय र वरिष्ठ नायब निरीक्षक लोकेन्द्र बहादुर चन्द को नेतृत्वमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
यातायात कार्यालय क्षेत्रमा पक्राउ पर्नेहरूमा पार्वती जोशी, सिता राना, दिनेश राना, राम नारायण चौधरी, जगत थापा र रामेश्वर चौधरी रहेका छन्। त्यसैगरी मालपोत कार्यालय क्षेत्रमा सुदान्शु चौधरी, रविन्द्र कुमार देउवा, उर्मिला राना, शान्ती मल्ल, युवराज खतिवडा र आशिष चौधरीलाई पनि प्रहरीले समातेको छ।
प्रहरीका अनुसार ती व्यक्तिहरूले लाइसेन्सबिना सेवाग्राहीलाई दुःख दिने काम गरेको आरोप छ। हाल उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखेर थप अनुसन्धान भइरहेको जनाइएको छ।




प्रतिक्रिया दिनुहोस्