संसदको अभिव्यक्तिले एमालेमा हलचल, थापालाई चेतावनी सम्भावना

काठमाडौँमा राजनीतिक माहोल केही तातेको छ। रामबहादुर थापा (बादल) को पछिल्लो अभिव्यक्तिलाई लिएर नेकपा एमाले भित्र असन्तुष्टि बढेको देखिन्छ।

पार्टी स्रोतका अनुसार, आज दिउँसो १ बजे बस्ने सचिवालय बैठकमा थापाको भनाइ मुख्य एजेन्डा बन्नेछ। संसदमा उनले व्यक्त गरेको धारणा पार्टीको आधिकारिक लाइनसँग मेल नखाएकाले उनलाई औपचारिक रूपमा सचेत गराउने तयारी गरिएको छ। साथै, संसदीय आचरण र जिम्मेवारीबारे पनि स्पष्ट रूपमा सम्झाइने बताइएको छ।

गत १९ चैतमा संसदमा बोल्ने क्रममा थापाले विभिन्न राजनीतिक घटनाक्रमलाई षड्यन्त्रको रूपमा व्याख्या गर्दै नेपाली सेना, सरकारी कर्मचारी र केही विदेशी निकायप्रति आरोप लगाएका थिए। पार्टी नेतृत्वले यसलाई आफ्नो नीतिभन्दा बाहिरको धारणा ठानेको छ।

यस विषयले पार्टीभित्र हलचल ल्याएको छ। विष्णु पौडेल ले पनि आजको बैठकमा यसबारे गम्भीर छलफल हुने र आवश्यक निर्णय गरिने संकेत दिएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार