जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौँ, चैत १९ गते ।राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले जेनजी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही गर्न माग गर्नुभएको छ ।

 बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले यस्तो माग गर्नुभएको हो । उहाँले भ्रष्टाचारका फाइल खोलेर कडा भन्दा कडा कारबाही गरी दोषिको सम्पतीको छानबिन गरेर  तीन पुस्ते सम्पती राज्यले जफत गर्न सरकारलाई आग्रह गर्नुभयो ।  

उहाँले यो सरकार सत्ता सञ्चालनका लागि मात्र नभइ जनताको शाखा भरोसाको दियो भएकाले डढेलो बन्न दिनुहुँदैने जिकिर गर्नुभयो ।

जनताको मतबाट आएको यो सरकार जनताको हितमा समर्पित भएर विगतका कमजोरीहरू नदोहोर्‍याउन उहाँले अनुरोध गर्नुभयो । 

शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक एक खर्ब रकम खर्च भइरहेको बताउँदै प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन सहयोग गर्न आफ्नो दल तयार रहेको बताउनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार