कैलालीको गोदावरी–७ जमुनानगरमा बस्दै आएका बालकृष्ण साउद (सन्देश) फाल्गुन २७ गतेदेखि सम्पर्कविहीन भएका छन्। स्थायी घर बैतडीको सिगास–६ भएका उनी अचानक हराएपछि परिवार चिन्तित बनेको छ।
परिवारका अनुसार साउद सोही दिनदेखि सम्पर्कबाहिर रहेका छन् र हालसम्म उनको कुनै अत्तोपत्तो लागेको छैन। आफन्तहरूले उनको खोजी कार्य जारी राखे पनि कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन।
उनको खोजीका लागि सर्वसाधारणसँग सहयोगको अपिल गरिएको छ। कसैले बालकृष्ण साउदलाई देख्नुभएमा वा कुनै जानकारी भएमा तत्काल लोकेन्द्र साउदलाई ९७६३८४६४०४ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ।




प्रतिक्रिया दिनुहोस्