काठमाडौँ- पूर्वयुवराज पारस शाहलाई बिहीबार बिहान थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको छ।
उनलाई नियमित स्वास्थ्य परीक्षणका साथै ‘पेसमेकर’ परिवर्तन गर्न अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ।
स्रोतले जनाएअनुसार शाहलाई बिहान अस्पताल भर्ना गरिएको थियो।
उनी भोलि डिस्चार्ज हुने अस्पताल स्रोतले जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्