दुई करोड ९३ लाख राजस्व हिनामिना, तत्कालीन मालपोत अधिकृतसहितलाई मुद्दा

काठमाडौं : दुई करोड ९३ लाख राजश्व हिनामिनाको अभियोग अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साका तत्कालीन मालपोत अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगले मालपोत कार्यालय नक्सालमा आर्थिक वर्ष २०७०÷७१ मा ठूलो परिमाणमा राजस्व हिनामिना गरेको अभियोगमा पर्साका तत्कालीन मालपोत अधिकृत हरिनारायण मिश्रसहित सो प्रकरणमा संलग्न कर्मचारीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । 

अनुसन्धानका क्रममा रजिस्ट्रेशन शाखा ‘ग’ बाट एउटै नम्बर प्रयोग गरी दोहोरो तथा तेहेरो रजिस्ट्रेशन नम्बर राखी एकभन्दा बढी लिखत पारित गरिएको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ । दर्ता किताबमा एउटै नम्बरका लिखतहरू प्रविष्ट गरिए पनि तीसँग सम्बन्धित राजस्व रसिदहरूको तुलना गर्दा कम रकम देखाइएका लिखत मात्र पेश गरिएको र बढी राजस्व लाग्ने लिखतहरू लुकाइएको भेटिएको हो ।

यस्तै, केही लिखतबाट प्राप्त राजस्व रकम बैंक दाखिला गरिए पनि वास्तविक उच्च राजस्व भएका लिखतहरू दर्ता किताबमा समावेश नगरी रकम हिनामिना गरिएको देखिएको छ । आन्तरिक तथा अन्तिम लेखापरीक्षण समेत नगरी उक्त कार्य गरिएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धान अनुसार, उक्त आर्थिक वर्षमा करिब २ करोड ९३ लाख ६८ हजार ५६५ रुपैयाँ बराबरको राजस्व हिनामिना भएको ठहर गरिएको छ । यस प्रकरणमा संलग्न कर्मचारीहरूलाई कानुनबमोजिम कारबाही गर्न माग गर्दै मुद्दा दायर गरिएको जनाइएको छ ।

null
null
null

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार