खड्का र शर्मा पक्राउबारे सर्वोच्चले माग्यो जवाफ

काठमाडौं । सर्वोच्च अदालतले पूर्वमन्त्री दिपक खड्का पक्राउको विषयमा सुरक्षा निकायसँग लिखित जवाफ  माग गरेको छ । 

सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग पक्राउको कारणसहित तीन दिनभित्र जवाफ पेस गर्न आदेश दिएको हो ।

 खड्काको हकमा निजको श्रीमती विनिता थापाले चैत १७ गते बन्दीप्रत्यक्षीकरण रिट दिएकी थिइन् । 

यस्तै, एमालेकी लुम्बिनी प्रदेश सांसद रेखा कुमारी शर्माको हकमा पनि उपत्यका अपराध अनुसन्धान कार्यालय,  टेकुलगायत निकायसँग पक्राउको कारणसहितको जवाफ पेस गर्न आदेश दिइएको छ । शर्माको हकमा उनका पति चिन्तामणी शर्माले रिट दायर गरेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार