काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ । पूर्वसभापति शेरबहादुर देउवा र शेखर कोइराला समूहले समानान्तर गतिविधि थालेपछि पार्टीले बैठक बोलाएको हो ।
बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
गत शनिबार नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्का ले विज्ञप्ति जारी गरेपछि पार्टीले यसलाई गम्भीर रुपमा लिएको छ । विशेष महाधिवेशनबाट सभापति गगन थापा चयन भइसकेको र निर्वाचन आयोगले मान्यता दिएको अवस्थामा खड्काको गतिविधि विवादास्पद देखिएको छ ।
आजको बैठकमा खड्काले बोलाएको १४औँ केन्द्रीय कार्यसमिति बैठक, जिल्ला सभापति भेलासम्बन्धी कार्यक्रम र देउवा–कोइराला समूहका गतिविधिहरूमा छलफल हुने बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्