एमालेले वडादेखि प्रदेशसम्मै सरकारविरोधी कार्यक्रम गर्ने, कहाँ कस्ता कार्यक्रम हुँदै छन् ?

एमालेले सरकारले प्रतिशोध साँधेको भन्दै केन्द्रदेखि वडातहसम्मै विरोध प्रदर्शनका कार्यक्रमको स्वरुप फेरेको छ । मंगलबार बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले देशव्यापी रूपमा सरकारको रवैयाविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएका हुन् । 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक समातिएपछि एमाले सरकारविरुद्ध आक्रामक भएको छ । यसैको विरोधस्वरुप विरोध र प्रदर्शनमा उत्रिएको एमालेले कार्यक्रमलाई विरोधबाट भेला, जनपरिचालन र सभामा बदलेको छ । 
कार्यक्रमअन्तर्गत चैत २५ मा सबै जिल्ला कमिटीमा कार्यकर्ता भेला र प्रशिक्षण गर्ने भएको छ । चैत २८ मा ७५३ वटै पालिकामा विरोध प्रदर्शन गर्ने कार्यक्रम ल्याएको छ । वैशाख ३ मा देशभरका ६ हजार ७४३ वटै वडामा भेला गर्ने, वैशाख ७ प्रदेशस्तरीय विरोध प्रदर्शन गर्ने र वैशाख १२ मा काठमाडौंमा विरोधसभा गर्ने घोषणा एमालेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार