दार्चुलाः दार्चुलामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु, चार जना घाइते
दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका–४ ओसिलमा मंगलबार बिहान करिब ९ बजे जिप दुर्घटना भएको छ। दुर्घटनामा सरकारी कर्मचारी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
मृत्यु हुनेमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दार्चुलाकी इन्जिनियर मनिषा चन्द र सिनियर एसोसिएट अर्गनाइजर भरतबहादुर तितरा रहेका छन्। उनीहरू कामको सिलसिलामा काँडापारीबाट ओसिलतर्फ जाँदै थिए।
घाइते हुनेमा २२ वर्षीय जिप चालक प्रकाश ठगुन्ना, २५ वर्षीय विक्रम महर, ५० वर्षीय अकबर महरा र ४५ वर्षीय मिनबहादुर पाल रहेका छन्। उनीहरू गोकुलेश्वर अस्पतालमा उपचाररत छन्।
सात सवारीसाधनमा सवार रहेका ६ जनासहित सिँचाइ कार्यालयको सुप्रप ०१ ००१ ज १६४१ नम्बरको जिप दुर्घटना परेको थियो। दुर्घटनाको कारण भने अझै खुलेको छैन र प्रहरीले अनुसन्धान जारी राखेको छ।




प्रतिक्रिया दिनुहोस्