कांग्रेस छिन्नभिन्न नभई एकजुट हुनुपर्छः प्रदिप पौडेल

काठमाडौं,चैत १७ –

नेपाली कांग्रेसमा महामन्त्री प्रदीप पौडलले एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व सफलतामा हासिल गरेको भन्दै पुनः एकजुट हुन अपिल गरेका छन् ।

मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले अहिलेको प्रतिकुलतामा पनि कांग्रेस छिन्नभिन्न भएर बिग्रन नहुने भन्दै सबै नेता तथा कार्यकर्ताहरुलाई एकजुट हुन आग्रह गरे ।

उनले लेखेका छन्,‘देशका हरेक संकटमा नेपाली काङ्ग्रेस सँगै रह्यो, एकजुट रह्यो । त्यो एकताकै बलमा काङ्ग्रेसले विगतमा देशका ऐतिहासिक परिवर्तनको नेतृत्व गर्यो र सफलता पनि हासिल गर्यो । यसकारण अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न । म पार्टी महामन्त्री मात्र नभै एक इमान्दार कार्यकर्ता भएर भन्दैछु– हामी सबै एकजुट होऔं १ नेपाली काङ्ग्रेसका सबै नेता कार्यकर्तामा एकतामा नै शक्ति छ, र यसैको बलमा नै हामीले फेरि उज्यालो भविष्य प्राप्त गर्नेछौं । न्युज बैंक

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार