काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सांसदहरूसँग छलफल सुरु गरेका छन्। सोमबार उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पुगेर काम सुरु गरेका हुन्।
सचिवालयका अनुसार, हाल कर्णाली प्रदेशका सांसदहरूसँग छलफल भइरहेको छ। छलफलमा सबै दलका प्रतिनिधिहरू सहभागी छन्।
आजै अन्य प्रदेशका सांसदहरूसँग पनि छुट्टाछुट्टै समूहगत छलफल गर्ने कार्यक्रम तय गरिएको छ। प्रधानमन्त्रीले प्रदेशअनुसार समूहगत रुपमा संवाद गर्ने तयारी गरिरहेका छन्।




प्रतिक्रिया दिनुहोस्