मुख्यमन्त्री शाहद्वारा पत्रकार महासंघको ७१औँ स्थापना दिवसमा शुभकामना

धनगढी: नेपाल पत्रकार महासंघले आफ्नो ७१औँ स्थापना दिवस मनाइरहेको अवसरमा, मुख्यमन्त्री कमलबहादुर शाहले सबै पत्रकार तथा सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिहरूलाई हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्री शाहले महासंघले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्र मजबुद बनाउन खेलेको भूमिका उच्च मूल्याङ्कन गर्नुभयो। उहाँले आगामी दिनहरूमा पनि पत्रकारिताले निष्पक्ष, जिम्मेवार र व्यावसायिक मान्यताका साथ आफ्नो योगदान जारी राख्नेमा विश्वास व्यक्त गर्नुभयो।

साथै सञ्चार क्षेत्रमा योगदान पुर्‍याएका अग्रज र शहीद पत्रकारप्रति उहाँले श्रद्धाञ्जली अर्पण गर्नुभयो। शुभकामना सन्देशमा पत्रकारिताको मर्यादा र जिम्मेवारीलाई अझ बलियो बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न आग्रह गरिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार