ओली पक्राउको विरोधमा एमालेको आन्दोलन जारी, माइतीघरमा आज पनि प्रदर्शन

१६ चैत, काठमाडौं । नेकपा एमाले ले सरकारविरुद्धको आन्दोलनलाई आज पनि निरन्तरता दिने भएको छ । राजधानीको माइतीघर मण्डला मा दिउँसो १ बजे प्रदर्शन आयोजना गरिने बताइएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली लाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रूपमा पक्राउ गरिएको आरोप लगाउँदै एमालेले विरोध कार्यक्रम जारी राखेको हो ।

एमालेका सचिव महेश बस्नेत का अनुसार राजधानी प्रदेशको संयोजनमा हुने उक्त प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरिएको छ । उनले वर्तमान सरकार निरंकुश ढंगले अघि बढिरहेको आरोपसमेत लगाए ।

अध्यक्ष ओली पक्राउ परेको दिनदेखि नै एमालेले निरन्तर रूपमा प्रदर्शन गर्दै आएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार