कांग्रेसमा समानान्तर गतिविधि, देउवा पक्षले बोलायो ‘केन्द्रीय कार्यसमिति’ बैठक

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् ।

पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेका खड्काले मंगलबार तत्कालीन केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् ।

बैठक मंगलबार बिहान ११ बजे धुम्बाराहीमा बस्ने देउवा पक्षका नेता गुरु बरालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार बैठकलाई निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले नेतृत्व गर्ने छन् ।

समूहमा नेता शेखर कोइराला पक्षा पनि सहभागी हुने एक नेताले जानकारी दिए । ​

यसँगै पार्टी बैठकका नाममा समानान्तर बैठक राख्ने र एकै विषयमा फरक-फरक विज्ञप्ति निकाल्ने हदसम्म कांग्रेस पुगिसकेको छ । २१ फागुनको निर्वाचनको पराजयबारे समीक्षा गरी नसक्दै कांग्रेस विभाजनको तहसम्मै पुग्ने गरी आन्तरिक संघर्ष र रडाको मच्चिएको हो ।

पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन छ । २७ देखि ३० पुसमा विशेष महाधिवेशन गरेर थापा नेतृत्वको समिति हाल अस्तित्वमा छ ।

तर‚ अनाहकमा आफूहरूलाई पार्टीबाट निकाल्ने स्थिति बनेको र शक्तिविहीन बनाएको भन्दै असन्तुष्ट बनेको यो समूहले सभापति थापा र वर्तमान केन्द्रीय नेतृत्वलाई कांग्रेसको नेतृत्व मानेकै छैन । निर्वाचनको समयमा मत्थर बनाएर तत्कालका लागि विवाद थाती राखिएको थियो । तर‚ निर्वाचन सम्पन्न भएर नतिजा आइसकेपश्चात् असन्तुष्ट समूहले थापा नेतृत्वको समूहलाई कुनै पनि हालतमा नस्वीकार्ने भनेको छ ।

असन्तुष्ट समूहले समानान्तर गतिविधिलाई संस्थापन समूहले ‘नोटिस’मा राखेको छ । असन्तुष्ट समूहले निरन्तर समानान्तर गतिविधि गरे पार्टी गम्भीर संकटमा पर्ने भन्दै सभापति गगन थापा र उनको टीममा रहेका केन्द्रीय पदाधिकारी छलफलमा जुटेका छन् ।

यसैबारे छलफल गर्न कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरेको छ । पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार साँझ विज्ञप्तिमार्फत केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको जानकारी दिएका हुन् । अनुशासन समितिको बैठक बुधबार दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने छ ।​

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार