इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा आइतबार मुम्बई इन्डियन्स र कोलकाता नाइट राइडर्स प्रतिस्पर्धा गर्दैछन्।
मुम्बईको वानखडे क्रिकेट रगंशालमा हुन लागेको खेल नेपाली समयअनुसार बेलुकाको ७ः४५ बजेबाट सुरु हुनेछ।
हालसम्मको आईपिएलमा मुम्बई र कोलकता ३५ पटक आमने सामने भएका छन्। जसमा मुम्बईले २४ खेल जितेको छ भने कोलकता ११ पटक विजयी भएको छ।
यी दुवै टोली आज पहिलो जितको साथ प्रतियोगिताको सुरुआत गर्न चाहन्छन्।
शनिबारबाट सुरु भएको १९औँ संस्करणको आइपिएलको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन्स रोयल च्यालेन्जर्स बैंगलुरुले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ।




प्रतिक्रिया दिनुहोस्