ओली पक्राउको विरोधमा जिल्ला प्रशासन कार्यालयहरूमा ज्ञापन पत्र, ललितपुरमा र्‍यालीसहित प्रदर्शन

काठमाडौँ । नेकपा एमालेका विभिन्न जनवर्गीय संगठनहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउप्रति असन्तुष्टि जनाउँदै आइतबार देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत विरोध पत्र बुझाउने तयारीमा छन्।

यसै क्रममा ललितपुर जिल्ला प्रशासन कार्यालय परिसरमा एमाले समर्थकहरू र्‍यालीसहित पुगेका छन्। उनीहरूले कार्यालय अगाडि भेला भई पक्राउप्रति विरोध जनाउँदै प्रदर्शन गरिरहेका छन्।

पार्टीका कार्यकर्ताहरूले शनिबारदेखि नै विरोध कार्यक्रम सुरु गरेका थिए। सोही क्रममा काठमाडौँको माइतीघर–बबरमहल क्षेत्रमा पनि प्रदर्शन भएको थियो।

भदौ २३ र २४ गते भएको ‘जेन जी’ आन्दोलनको सन्दर्भमा गरिएको दमनसम्बन्धी घटनाक्रमलाई लिएर पछिल्लो राजनीतिक गतिविधि तीव्र बनेको हो। उक्त समयमा केपी शर्मा ओली प्रधानमन्त्री तथा रमेश लेखक गृहमन्त्रीको जिम्मेवारीमा थिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार