काठमाडौँ — नेकपा एमालेले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन अस्वीकार गरेको छ।
शनिबारको सचिवालय बैठकले कार्की आयोगको प्रतिवेदन नमान्ने निर्णय गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र लेखकलाई तत्काल रिहा गर्न माग गर्ने निर्णय पनि गरेको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन्।
पोखरेलका अनुसार पार्टी सुरुदेखि नै आयोगप्रति असहमति राख्दै आएको थियो र प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण तथा अनुसन्धानको न्यायिक सिद्धान्त विपरीत रहेको पार्टीको ठहर छ।
एमालेले भदौ २३ र २४ गतेका घटनामा सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन गर्न माग गरेको छ।




प्रतिक्रिया दिनुहोस्