वीरगञ्ज (पर्सा) — भारत सरकारले नेपाललाई १९ वटा वान टन क्षमताका सवारीसाधन सहयोगस्वरूप हस्तान्तरण गरेको छ।
वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासका वाणिज्यदूत मनिषकुमार दासले आइसिपी नाका वीरगञ्ज भन्सारमा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्कीलाई यी सवारीसाधन सुपूर्द गरेका हुन्। दूतावासले जनाएको छ कि सरकारले नेपाल सरकारको अनुरोध अनुसार यो सहयोग प्रदान गरेको हो।
सहायक प्रजिअ कार्कीले सवारीसाधन उपलब्ध गराएकोमा भारत सरकारप्रति धन्यवाद ज्ञापन गर्दै ती सवारीसाधन गृहमन्त्रालयतर्फ पठाइएको जानकारी दिएका छन्।




प्रतिक्रिया दिनुहोस्