लेखकको गृहजिल्ला कञ्चनपुर कांग्रेसले बोलायो बैठक

१४ चैत, काठमाडौं । नेपाली कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको छ । पूर्वगृहमन्त्री रमेश लेखकलाई गरिएको पक्राउको विषयमा छलफल गर्न कांग्रेस कञ्चनपुरले आकस्मिक बैठक बोलाएको हो ।

जिल्ला सचिव भीम भट्टले शनिबार दिउँसो साढे ३ बजेका लागि आकस्मिक बैठक बोलाइएको जानकारी दिए । कञ्चनपुर नेता लेखकको गृहजिल्ला हो । उनी २०७९ को निर्वाचनमा कञ्चनपुर–३ बाट विजयी भएका थिए ।

कांग्रेसले बैठकमा महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, क्षेत्रीय कार्यसमिति, गाउँ–नगर कार्यसमिति र भ्रातृ संगठनलाई बोलाइएको सचिव भट्टले बताए ।

उनले बैठकबाट पूर्वगृहमन्त्री लेखक पक्राउको विरोधमा केही कार्यक्रमहरू तय गरिने पनि बताए । ‘सरकारले प्रतिशोध साध्ने काम गरेको छ,’ सचिव भट्टले भने, ‘त्यसबारे छलफल गरेर विरोधका कार्यक्रमहरू घोषणा गर्छौं ।’

प्रहरी शनिबार बिहान पूर्वगृहमन्त्री लेखकलाई भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ गरेको थियो । प्रहरीले उनलाई ज्यानसम्बन्धी कसूर मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार