कैलाली जिल्लामा तेक्वान्दो समिति गठन, अध्यक्षमा बिनय चोखाल

कैलाली : कैलाली जिल्लामा तेक्वान्दो खेलको विकास र विस्तार गर्ने उद्देश्यसहित नयाँ समिति गठन गरिएको छ। नवगठित समितिको अध्यक्षमा बिनय चोखाल चयन भएका छन् भने उपाध्यक्षमा भुवन सार्की, सचिवमा योगेन्द्र खोलाउला र कोषाध्यक्षमा नेहा चौधरी चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा महेस राज जोशी, सुशील सिंह, कोपिला आग्री, देबेन्द्र बोहरा र कमल सिंह ढाट रहेका छन्।

प्रदेश अध्यक्ष सुवाश बाहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रकाश चन्दको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा सुदूरपश्चिम प्रदेश तेक्वान्दो प्रमुख गोविन्द बिष्ट, तेक्वान्दो प्रशिक्षक शेर सिंह तथा प्रदेश तेक्वान्दो सचिव श्रीराम चौधरी लगायत प्रदेश, जिल्ला तथा विभिन्न दोजाङ्गका प्रमुखहरू र खेलाडीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले तेक्वान्दो खेललाई जिल्लामा अझ सशक्त बनाउँदै युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्न आवश्यक पहल गरिने बताएका छन्। साथै, खेलाडीहरूको क्षमता अभिवृद्धि गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य राखिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार