बालेनलाई चिनियाँ प्रधानमन्त्रीले दिए बधाई  

१४ चैत, काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई सन्देश पठाएका छन् ।

मार्च २७ मा पठाइएको सन्देशमा चिनियाँ प्रधानमन्त्री लीले नेपाल सरकारको शासन सञ्चालनप्रति चीनको समर्थन रहेको स्पष्ट पार्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता र भौगोलिक अखण्डताको संरक्षणमा निरन्तर साथ रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सन्देशमा उनले प्रधानमन्त्री शाहसँग सहकार्य गर्दै चीन–नेपालबीच उच्चस्तरीय रूपमा ‘बेल्ट एन्ड रोड’ पहलको संयुक्त निर्माण अघि बढाउने, साथै विभिन्न क्षेत्रमा सहयोग विस्तार गरी द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउने इच्छा व्यक्त गरेका छन् । उनले चीन–नेपाल सम्बन्धलाई विकास र समृद्धि उन्मुख दीर्घकालीन रणनीतिक साझेदारीतर्फ अघि बढाउने पनि बताएका छन् ।

उनले चीन र नेपालबीचको सम्बन्धलाई पहाड र नदीले जोडिएको परम्परागत छिमेकी सम्बन्धका रूपमा व्याख्या गरेका छन् । साथै कूटनीतिक सम्बन्ध स्थापना भएको ७१ वर्षयता दुई देशले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तको आधारमा द्विपक्षीय सम्बन्धलाई निरन्तर सुदृढ बनाउँदै आएको उल्लेख गरेको स्मरण पनि लीले गरेका छन् ।

यसअघि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियान्सले नेपालस्थित चिनियाँ दूतावासमार्फत बालेनलाई बधाई दिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार