अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेलगत्तै महत्त्वपूर्ण ३ निर्णय गरेका छन् ।
शुक्रबार राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएलगत्तै सिंहदरबार पुगेर पदभार सम्हालेका वाग्लेले ३ वटा निर्णय गरेका हुन् ।
जसमा तत्काल आर्थिक स्थितिपत्र तयार पार्नेदेखि १५ ऐन खारेज गर्नेसम्मका विषय समावेश छन् ।
यी हुन्, तीन निर्णय:
१. ‘आर्थिक स्थितिपत्र’ तत्काल तयार गर्दै निर्वाचन वाचा कार्यान्वयनको १०० दिने अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाउने ।
२. उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ को प्रतिवेदनमा सिफारिस भएको राजस्व अनुसन्धान विभागलगायत १५ वटा ऐन खारेज गर्ने।
३. निजी उद्यम व्यवसाय सुरक्षा एवं प्रवर्द्धन र ठूला विकास आयोजना सहजीकरण लगायत नयाँ विधेयक वा तिनको संशोधनको प्राथमिकीकरण तय गर्दै वृहत् आर्थिक-कानूनी सुधारको मार्गचित्र बनाउने ।
वाग्ले वर्तमान मन्त्रिपरिषदमा प्रधानमन्त्री बालेन्द्र शाहपछिको वरीयताका मन्त्री हुन् ।
वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए ।




प्रतिक्रिया दिनुहोस्