काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको १५ सदस्यीय मन्त्रिपरिषद्मा पाँच जना मन्त्री महिला बनेका छन्। यो संगै संविधानले भनेको ३३ प्रतिशत सहभागीता सरकारमा भएको छ ।
महिला मन्त्रीहरुमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भइन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् । प्रधानमन्त्री शाहलाई सपथ गराए लगत्तै राष्ट्रपति पौडेलले उनीहरुलाई सपथ गराएका हुन् ।
अब नवनियुक्त मन्त्रीहरुले सिहदबारमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन्।




प्रतिक्रिया दिनुहोस्