पोखरेल: जेनजी आयोग निष्पक्ष होइन, नयाँ शक्तिको उदय चुनौतीपूर्ण

काठमाडौंमा नेकपा एमालेका महासचिव शंकर पोखरेल ले जेनजी आन्दोलनका घटनासम्बन्धी आयोग निष्पक्ष नभएको बताएका छन्। उनले फेसबुकमार्फत् आयोग र निर्वाचन ०८२ को अल्गोरिदमले नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिन खोजेको स्पष्ट भएको टिप्पणी गरेका छन्।

पोखरेलका अनुसार, सो आयोगको प्रतिवेदन र निर्वाचन परिणामले नेपाली राजनीति नयाँ मोडमा प्रवेश गरेको देखाउँछ। उनले भने, अल्गोरिदमको प्रयोगले लोकप्रियतावाद, अराजकतावाद र अवसरवादको मिश्रणबाट नयाँ शक्तिको उदय भएको छ र अबको बाटो सजिलो नहुन सक्ने हुँदा राष्ट्र र लोकतन्त्रले चुनौती सामना गर्नुपर्ने हुन्छ।

उनले नयाँ शक्ति र नेतृत्वलाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्यांकन गर्न दिनु विवेकपूर्ण कदम हुन सक्ने पनि बताए। तर, उनले स्पष्ट पारे कि लोकप्रियतावाद, अराजकतावाद र अवसरवाद दीर्घकालीन समाधान वा विचारधारात्मक राजनीतिक विकल्प होइन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार