धनगढीमा एक युवक लागूऔषधसहित पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका–६, बागमाराका २४ वर्षीय गणेश विकलाई प्रहरीले खैरो हेरोइनसहित नियन्त्रणमा लिएको हो।
बुधवार साँझ इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट करिब १८० मिलिग्राम लागूऔषध बरामद गरेको जनाएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।




प्रतिक्रिया दिनुहोस्