धनगढीमा १६ दिनदेखि युवक बेपत्ता, खोजी जारी

धनगढीमा एक युवक १६ दिनदेखि बेपत्ता भएका छन्। धनगढी उपमहानगरपालिका–१, शान्तिनगरस्थित मनकामना टोलका ३० वर्षीय रुनि आउजी फागुन २७ गतेदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ।

उनका बुवा प्रेम आउजीका अनुसार छोराको खोजीका लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा निवेदन दिइए पनि अहिलेसम्म कुनै पत्ता लागेको छैन। परिवारले छोराको अवस्थाबारे चिन्ता व्यक्त गर्दै सर्वसाधारणसँग सहयोगको अपिल गरेको छ।

रुनिलाई कसैले देखे वा भेटेमा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ। प्रहरीले पनि उनको खोजी कार्य जारी रहेको जानकारी दिएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार