रविलाई अमेरिकी विशेष दूत गोरको फोन

१० चैत, काठमाडौं । संयुक्त राज्य अमेरिकाले हालै सम्पन्न निर्वाचनमा प्राप्त जितका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई दिएको छ।

दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी अमेरिकी विशेष दूत सर्जिओ गोरले रास्वपाका सभापति रवि लामिछानेलाई टेलिफोन गरी निर्वाचनमा प्राप्त सफलताका लागि बधाई दिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, गोरले चैत १० गते टेलिफोन गरी बधाई दिएको जानकारी दिएको छ ।

बधाई सन्देशसँगै अमेरिकाले नेपालमा बन्न लागेको नयाँ सरकारसँग मिलेर काम गर्ने इच्छासमेत व्यक्त गरेको छ। दूतावासद्वारा जारी सन्देशमा भनिएको छ, ‘अमेरिका नेपालको नयाँ सरकारसँग सहकार्य गर्दै हाम्रो आर्थिक साझेदारीको सुदृढीकरण गर्न र हाम्रा दुई देशबीचको मित्रतालाई अझ गहिरो बनाउन उत्सुक रहेको छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार