हेटौंडा — कान्ति लोकपथअन्तर्गत मकवानपुरको बकैया गाउँपालिकामा बुधबार बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।
मकवानपुरको वकैया गाउँपालिका–११, घट्टेपाखामा हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख ८७६० नम्बरको सरसफाइ सामग्री लोड गरिएको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार वीरगन्ज महानगरपालिका–३२ का २० वर्षीय सन्तोष यादवको घटनास्थलमै मृत्यु भएको हो।
दुर्घटनामा चालक ३३ वर्षीय कृष्ण यादव घाइते भएका छन्। उपचारका लागि उनलाई भरतपुर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता डीएसपी पुष्कर बोगटीले जानकारी दिए।
वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रक बुधबार बिहान करिब ३ बजे दुर्घटनामा परेको थियो। ट्रक अनियन्त्रित भई सडक नजिक रहेको खालि घरमा ठोक्किएर करिब १५० मिटर तल खोल्सीमा खसेको प्रहरीले जनाएको छ।
ट्रकले ठक्कर दिएको घर ओमानसिंह तितुङको रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया दिनुहोस्